Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे लगातार तेस्राे जीत

काठमाडौं,८माघ:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशले लगातार तेस्राे जीत हात पारेकाे छ।आइतबार भएकाे खेलमा मधेस प्रदेशले सुदुरपश्चिम प्रदेश माथि ८० रनको जित दर्ता गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको हाे ।

सुदुरपश्चिम ३२० रनको लक्ष्य पछ्याउने क्रममा ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो । सुदुरको हारमा तेस्रो नम्बरमा आएका नरेन भट्टले शतकिय इनिङ खेलेका थिए । उनले १२२ बलमा १३ चौका र १ छक्का सहिर १२१ रन बनाए ।

मधेसका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए । यस्तै रंजित कुमारले दुई विकेट लिंदा हरिशंकर साह र पवन सर्राफले समान एक-एक विकेट लिए ।

 

त्यसअघि युवा ब्याटर मयन यादवको शतकको मद्दतमा मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन बनाएकाे थियाे ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मधेसका लागि मयनको शतकसँगै ओपनर अनिल कुमार शाह र पवन सर्राफले पनि अर्धशतकीय इनिङ खेले ।

मयनले १ सय २८ बलमा ८ चौका र २ छक्कसहित १ सय १५ रन जोडे । अर्धशतक पुरा गर्ने बित्तिकै दुई जीवनदान पाएका उनले त्यसपछि भने कुनै गल्ति गरेनन । उनले १२२ बलमा शतक पुरा गरेका थिए । उनी ४८ औं ओभरमा डिप मिडविकेटमा क्याच आउट भएका थिए ।अनिल साहले २५ ७० बलमा ६९ रन बनाए।पवन सर्राफले ६३ बलमा ७० रन बनाए।

आजकाे खेल जित्दै मधेस ६ खेलमा ८ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

Related posts

विजयउत्सव मनाउन जनकपुर बोल्ट्सको टिम वीरगन्जपनि आउने

MadhesKhabar

पहिलो वान डे क्रिकेटमा भारत, दक्षिण अफ्रिकासँग ९ रनले पराजित

MadhesKhabar

आईपिएल क्रिकेटमा आज पञ्जाब र राजस्थान खेल्दै

MadhesKhabar

Leave a Comment