Madhes Khabar
खेलकुद

विजयउत्सव मनाउन जनकपुर बोल्ट्सको टिम वीरगन्जपनि आउने

काठमाडौं,११पुस:नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन टिमले जनकपुर बोल्ट्स पर्सासहित मधेस प्रदेशका सबै जिल्लामा विजयउत्सव मनाउने भएको छ।

गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरेको हो।विजयउत्सवको सुरूवात र अन्त्य जनकपुरबाट गर्ने तयारी जनकपुर बोल्ट्सले गरेको छ। यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी जनकपुर बोल्ट्स टिमको छ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले पर्सासहित मधेस प्रदेशको आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरिएको जानकारी दिए।‘एनपीएलमा हामीले समग्र मधेस प्रदेशका साथै अधिकांश क्रिकेट प्रशंसकहरूको समर्थन पाएका छौँ,’ खतिवडाले भने,‘जनकपुर बोल्ट्सले मधेसलाई प्रतिनिधित्व गर्ने भएकाले यो प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरेका छौँ।’
उनले यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी रहेको बताए। खतिवडाका अनुसार जनकपुर–१४ रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट ¥याली निकालेर जानकी मन्दिरमा टुंग्याउने कार्यक्रम तय भएको छ।

‘शुक्रबार जनकपुर पुग्ने योजना बनाएका छौँ,’ उनले भने,‘सबेरै पुगिए त्यही दिन नभए शनिबार बिहान ¥याली निकाल्ने तयारी छ। रामजानकी रंगशालाबाट ¥याली निकालेर जानकी मन्दिरमा अन्त्य गर्ने अहिलेसम्मको योजना छ।’प्रबन्ध निर्देशक खतिवडाले जनकपुरको ¥याली सकिएर महोत्तरी र त्यसपछि सर्लाही, रौतहट, बारा र पर्सा पुग्ने कार्यक्रम तय भएको जानकारी दिए।

पर्साको वीरगन्जमा ¥याली सकेर जनकपुर बोल्ट्सको पूर्वका जिल्लाहरू सिरहा र सप्तरी पुग्ने कार्यक्रम छ। खतिवडाले भने,‘जनकपुरबाट सीधै पश्चिमका जिल्लाहरू जानेछौँ। त्यसपछि पूर्वका सिरहा र सप्तरी सकेर पुनः जनकपुर पुगी समापन ¥याली निकाल्ने कार्यक्रम तय भएको छ।’

टिमका विदेशी खेलाडीहरू फर्किइसकेकाले स्वदेशी सबै खेलाडीहरू विजयउत्सवमा सहभागी हुनेगरी कार्यक्रम बनाइएको उनले जानकारी दिए।‘विदेशी खेलाडीहरू फर्किसक्नु भएको छ। टिमका स्वदेशी खेलाडीहरू मात्रै हुनुहुन्छ,’ उनले भने,‘कतिपय आ–आफ्नो घर जानुभएकोछ, सबै जना सहभागी हुने गरी समन्वय गरिरहेका छौँ।’

प्रदेशका आठवटै जिल्लामा ¥याली निकाल्न र त्यसको व्यवस्थापनका लागि मधेश प्रदेस क्रिकेट संघसँग समन्वय भइरहेको खतिवडाको भनाइ छ।साभारः हिमालप्रेस

Related posts

परवानीपुर गोल्डकप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे विजयी सुरुवात

MadhesKhabar

सिरहा जीतपुरसिमरा गोल्डकपकाे सेमिफाइनलमा

MadhesKhabar

क्वाटरफाइनलमा श्रीलंकासंग हार्‍यो नेपाल

MadhesKhabar

Leave a Comment