Madhes Khabar
खेलकुद

हैदराबादलाई पाखा लगाउँदै काेलकाता आईपीएलकाे फाइनलमा

Photo by Vipin Pawar / Sportzpics for IPL

वीरगन्ज,८जेष्ठ:कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलाे क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पाखा लगाउँदै काेलकाता फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले १३.४ बलमै मात्र २ विकेट गुमाएर पुरा गर्याे ।उसका कप्तान श्रेयस ऐयरले मात्र २४ बलमा ५८ रन जोडे । त्यस्तै, वेंकटेश ऐयरले २८ बलमा ५१ रन बनाए ।रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए ।

बलिङतर्फ हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेकाे हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनाएकाे थियो ।

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन र अब्दुल सामदले १६ रन बनाए।

हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ ।बुधबार हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लाेरबिचको विजेतासँग हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ ।

Related posts

आईपीएलकाे प्लेअफमा पुग्ने पहिलाे टाेली बन्याे काेलकाता

MadhesKhabar

टी-२० विश्वकपमा पाकिस्तानलाई हराएर अमेरिकाले रच्याे इतिहास

MadhesKhabar

टि–२० विश्वकपमा भारतसंग पाकिस्तान फेरि पराजित

MadhesKhabar

Leave a Comment