Madhes Khabar
खेलकुद

नेइमारले ताेडे पेलेकाे रेकर्ड

काठमाडौं,२३भदाैं: ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेइमारले दुई गोल गरेका छन् ।

ब्रजिलका लागि १२५ औं खेल खेलेका नेइमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे र पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेइमारले गरेको गोल संख्या ७९ पुगेको छ ।

‘यो रेकर्डमा पुग्छु भनेर कहिल्यै सोचेको थिइन’ ३१ वर्षका नेइमारले भने, ‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन ।’

पेले, जसको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो, उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेलमा ७७ गोल गरेका थिए ।

नेइमार २०१७ मा बार्सिलोनाबाट २०० मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन जाँदा विश्वकै सबभन्दा महंगा फुटबलर बनेका थिए । उनी हाल साउदी प्रो लिग टिम अल हिलालमा छन् ।साभार:अनलाइनखबरबाट

Related posts

महिला टी–२० विश्वकपः यूएईमाथि नेपालको सहज जित

MadhesKhabar

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि गए अस्ट्रेलिया

MadhesKhabar

आईपीएल अक्शन : श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा पञ्जाबले किन्यो

MadhesKhabar

Leave a Comment