Madhes Khabar
खेलकुद

कार्पोरेट सुपर सिक्स क्रिकेट : गरिमा विकास बैंकमाथि ओम्नी ग्रुपको फराकिलो जित

वीरगन्ज,६मंसिरःवीरगन्जको आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा ओम्नी ग्रुप विजयी भएको छ ।

बिहान भएको खेलमा ओम्नी ग्रुपले गरिमा बिकास बैंकलाई ३७ रनले हराएको हो ।७४ रनको लक्ष्य सहित जवाफी व्याटिङ्मा उत्रिएको गरिमा विकास बैंक ३६ रन मै अलाउट भएपछि ओम्नी ग्रुप ३७ रनले विजयी भएको हो ।

यसअघि टस जितेर पहिले व्याटिङ् गरेको ओम्नी ग्रुपले निर्धारित ६ ओभरको खेलमा ७३ रनको योगफल तयार पारेको थियो ।उक्त खेलको खेलको म्यान अफ दी म्याच ओम्नीका लागि २८ रन बनाएका रिकेश यादव घोषित भए।

लायन्स क्लब अफ वीरगन्ज परिवार र स्पोटर्स एकेडेमीको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १६ वटा टिम सहभागी छन् ।

 

Related posts

सिमरा गाेल्डकपमा आज वीरगन्ज खेल्दै

MadhesKhabar

यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी सानाको घरमै पुगेर मन्त्री जयसवालले दिए बधाई

MadhesKhabar

नेपालका कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

MadhesKhabar

Leave a Comment