Madhes Khabar
खेलकुद

कार्पोरेट सुपर सिक्स क्रिकेट : गरिमा विकास बैंकमाथि ओम्नी ग्रुपको फराकिलो जित

वीरगन्ज,६मंसिरःवीरगन्जको आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा ओम्नी ग्रुप विजयी भएको छ ।

बिहान भएको खेलमा ओम्नी ग्रुपले गरिमा बिकास बैंकलाई ३७ रनले हराएको हो ।७४ रनको लक्ष्य सहित जवाफी व्याटिङ्मा उत्रिएको गरिमा विकास बैंक ३६ रन मै अलाउट भएपछि ओम्नी ग्रुप ३७ रनले विजयी भएको हो ।

यसअघि टस जितेर पहिले व्याटिङ् गरेको ओम्नी ग्रुपले निर्धारित ६ ओभरको खेलमा ७३ रनको योगफल तयार पारेको थियो ।उक्त खेलको खेलको म्यान अफ दी म्याच ओम्नीका लागि २८ रन बनाएका रिकेश यादव घोषित भए।

लायन्स क्लब अफ वीरगन्ज परिवार र स्पोटर्स एकेडेमीको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १६ वटा टिम सहभागी छन् ।

 

Related posts

वीरगन्जमा आयोजित कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि अग्नि ग्रुपले जित्यो

MadhesKhabar

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

MadhesKhabar

दिल्लीलाई हरायाे हैदराबादले

MadhesKhabar

Leave a Comment