Madhes Khabar
खेलकुद

नेपाल सम्मिलित त्रिदेशीय टी–२० सिरिजको उपाधि क्यानाडाले जित्यो

काठमाडाैं,१८असाेज:नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि क्यानाडाले जितेको छ ।

बिहीबारराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानाडाले त्रिदेशीय टी–२० सिरिजको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानाडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । क्यानाडाका लागि निकोलस किर्ताेनले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २/२ विकेट लिए ।

यसअघि क्यानाडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भएकाे थियाे । ओमानका अकिब इलियासले सबैभन्दा धेरै ३५ रन बनाए । क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३/३ विकेट लिए ।

त्रिदेशीय टी–२० सिरिजमा क्यानाडा ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रह्यो ।

Related posts

टी–२० विश्वकपमा अनिल साहको हरेक रनमा नगद पुरस्कार दिने कलैयाका मेयर साहको घोषणा

MadhesKhabar

भारत र क्यानडाबीचको खेल बर्षाका कारण रद्द

MadhesKhabar

विश्वकपमा छनोट हुने नेपाली क्रिकेट टिमलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

MadhesKhabar

Leave a Comment