Madhes Khabar
खेलकुद हेडलाइन

राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

मधेसखबर
वीरगन्ज, ०३ कार्तिक : पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुडो खेलमा वीरगन्जका मोहम्मद सोयब अख्तरले स्वर्ण पदक जितेका छन् । जुडो तर्फ स्वर्ण पदक जित्ने उनी मधेस प्रदेशमै एक मात्र खेलाडी हुन् ।

अख्तरले जुडोको ५८ केजी समूहमा नेपाल प्रहरीका सुवासचन्द्र बोहरालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ घर भएका अख्तरले तीन खेलाडीलाई पाखा लगाउँदै फाइनल पुगेका थिए ।
आफ्नो तौल भन्दा बढीको तौल समूहमा खेलेका उनले नेपाल प्रहरीका बोहोरालाई पछार्दै उपाधी हात पारेका हुन् ।

Related posts

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

MadhesKhabar

सिमरा गाेल्डकप : वीरगन्ज आज एनआरटीसंग भिड्दै

MadhesKhabar

Leave a Comment