
बारा,१०कार्तिक:बारामा आज(शनिबार)राति एक जना बृद्धकाे घाँटी रेटेर हत्या गरिएको छ।बाराकाे महागगढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछियाका अन्दाजी ६० वर्षिय श्रीनारायण यादवकाे शनिबार राति ८ बजेतिर धारिलाे हतियारले घाँटी रेटेर हत्या गरिएको हाे।
आफ्नै घर अगाडि धारिलाे हतियारले प्रहार गरिएका यादवलाई उपचारका लागि कलैयास्थित अस्पतालमा लैजाने क्रममा बाटाेमै मृत्यु भएको सुचना आएकाे प्रहरीले जनाएको छ।
यादवलाई कसले र कुन कारणले हत्या गरेकाे भन्ने बारेमा अहिलेसम्म खुल्न सकेकाे छैन।घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलमा पुगेर घटनाका बारेमा अनुसन्धान गरिरहेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

