Madhes Khabar
स्वास्थ्य हेडलाइन

पोखरियामा ५० जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण

वीरगन्ज, ४ जेष्ठ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा बिहीबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरि गर्भवती महिलाहरुलाई पोषण समाग्री र औषधी वितरण गरिएको छ ।

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ग्रामीण भेगका ५० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरि उनिहरुलाई पोषण सामाग्री र औषधी निशुल्क वितरण गरिएको हो ।

वरिष्ठ उद्योगपति विरेन्द्र कुमार सांघाइको सहयोगमा गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण गरिएको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन् । खातुनका अनुसार , शीवीरमा वरिष्ठ प्रसूतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले गर्भवती मलिाहरुको स्वास्थ्य चेकजाँच गरेकी थिइन् ।

शीवीरमा रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा नेता दिलीप कार्की , देवकीनन्दन अग्रवाल लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगन्जको नेशनल मेडिकल कलेज प्रधानमन्त्रीबाट सम्मानित

MadhesKhabar

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

MadhesKhabar

वीरगन्जका होटल , रेष्टुरेन्ट र क्याफेमा अनुगमन

MadhesKhabar

Leave a Comment