Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराम क्याम्पसको स्ववियु सभापतिका लागि १४ जना उम्मेदवार

वीरगन्ज,२७फागुनःचैत ५ हुने स्ववियु निर्वाचनका लागि वीरगन्जको ठाकुरराम क्याम्पसमा एक सभापति पदका लागि मात्रै १४ जनाको उम्मेदवारी परेको छ ।

ठाकुररामसहित देशभरका त्रिभुवन विश्वविद्यालयका आंगीक र सम्बन्धन प्राप्त क्याम्पसमा ५ चैतमा स्ववियु निर्वाचन हुदैंछ । वीरगन्जको ठाकुरराम क्याम्पसमा भने १६ बर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो ।

ठाकुरराम क्याम्पसमा यसपालिको स्ववियु निर्वाचन अन्तर्गत सभापति पदका लागि विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संघसंगठन र विभिन्न समुहका तर्फबाट गरी १४ जनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए ।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार, उम्मेदवारी दर्ताको समय मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो ।उक्त समयमा प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष तथा ८ जना सदस्य तथा समानुपातिक तर्फ उपसभापति, सहसचिव र ८ सदस्य गरी २१ पदमा गरी दलगत र विभिन्न समुह गरी १४ वटा समुहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएको सिंहले जानकारी दिए ।

जसअनुसार, सभापति पदमा नेविसंघका विकास कुमार मण्डल धानुक,अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सभापति पदकै लागि जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता,दिलिप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिपराज महतो,नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव,स्वतन्त्र युवा समुहबाट श्याम प्रसाद गुप्ता,नेपाल विद्यार्थी कल्याण समुह धर्मेन्द्र साह कानु, राष्टिय विद्यार्थी संघबाट सुधांशु चौरसिया,भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव ,सुधिर पटेल समुहबाट कमलेश यादव र राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दपेश कुमार साहले उम्मेदवारी दिएका छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ पदका लागि कूल २४७ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।

श्रोत अनुसार कांग्रेसको भातृ संगठन नेविसंघबट आधिकारीक एक र विद्रोही गरी ६ वटा समुहले सभापतिसहितका पदमा प्यान बनाएर उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार, मंगलबार दाखिला भएको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने समय बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको अन्तिम नमावली प्रकाशन गर्ने समय बुधबार नै साँझ ५ बजे तोकिएको छ । त्यस्तै दुवै तर्फको उम्मेदवारी फिर्ता लिने समय बिहीबार बिहान १०.३० बजेदेखि दिउँसो १ बजेसम्म तथा दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशीत गर्ने समय बिहीबार दिउँसो २ बजेका लागि तोकिएको छ ।

चैत ५ मा हुने मतदानका लागि ठाकुरराम क्याम्पसमा १० हजार ५ सय बढी मतदाता रहेको सिं.हले जानकारी दिए ।

Related posts

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

MadhesKhabar

यमपञ्चककाे चाैथाे दिन आज गाई तिहार मनाइदै

MadhesKhabar

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

MadhesKhabar

Leave a Comment