Madhes Khabar
खेलकुद

वीरगन्ज गोल्डकपको पहिलो सेमिफाइनलमा आज वीरगन्ज र पुलिस भिड्दै

वीरगन्ज,२१फागुनः वीरगन्जमा जारी दोस्रो वीरगन्ज गोल्डकप फुटबलको फाइननलमा प्रवेशका लागि आज(बुधबार) घरेलु टिम वीरगन्ज युनाइटेड क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन् ।

आदर्शनगर रंगशालामा आज हुने पहिलो सेमिफाइनल खेलमा यी दुई टिम भिड्न लागेका हुन् । पुलिस क्लब साविक विजेतापनि हो । यी दुई बिचको खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।

आजको खेल जित्ने टिमले भोलि (बिहीबार) मच्छिन्द्र फुटबल क्लब र सलहेश फुटबल क्लब सिरहाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासंग फागुन २४ गते हुने फाइनलमा भिड्नेछ ।

घरेलु टोली वीरगन्ज युनाइटेड क्वार्टर फाइनलमा भारतको गढवाल डायमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । यस्तै साविक विजेता पुलिसले क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ ले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ।प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

 

Related posts

वीरगन्ज-१० : वडा स्तरीय क्रिकेटको उपाधिमाथि कोशीकाे कब्जा

MadhesKhabar

जीतपुरसिमरा भेट्रान फूटबलः सिमरा, काठमाडौं, पोखरा र कोलकत्ता सेमिफाइनलमा

MadhesKhabar

टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका,श्रीलंका,नेदरल्यान्डस् र बंगलादेशसंग खेल्ने

MadhesKhabar

Leave a Comment