Madhes Khabar
खेलकुद

नेपाललाई भारतले दियाे १७९ रनकाे लक्ष्य

काठमाडौं,८साउन:श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा अहिले भईरहेकाे खेलमा भारतले नेपाललाई १ सय ७९ रनको लक्ष्य दिएको छ ।

डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

भारतका लागि ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ४७ रनको योगदान गरिन् । जेमिमा रोड्रिगेजले १५ बलमा २८ रन बनाईन् ।

नेपालको लागि सिता राना मगरले दुई तथा कविता जोशीले एक विकेट लिईन् ।

यस समूहमा भारत अपराजित रहदैं शीर्ष स्थानमा रहेको छ । नेपाल एक खेलमा जितका साथ तेस्रो स्थानमा छ ।

Related posts

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

MadhesKhabar

लगातार ३ खेलमा हारले निराश जनकपुर बाेल्ट्सका कप्तान अनिल साह के भन्छन् ?…

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment