
वीरगन्ज,४असार:फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत बिहीबार बिहान भएको खेलमा इंग्ल्यान्डले क्राेएसियामाथि सहज जित निकालेको छ।
ह्यारी केनको दुई गोलबाट प्रेरित इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको हाे ।
अमेरिकाको डालासमा भएको खेलमा १२ ओैं मिनेटमा कपतान ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्यान्डले १-० काे अग्रता लिएको थियोे ।तर ३६ ओैं मिनेटमा क्रोएसियाका लागि मार्टिन बाटुरिनाले पहिलो गोल गरेर बराबरी गरेका थिए ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले ४२ औं मिनेटमा दोस्रो गोल गर्न सफल भएका थिए ।लगत्तै क्रोएसियाका लागि पिटर मुसाले दोस्रो गोल गर्न सफल भएका थिए ।
जुड बेलिङघमले इंग्ल्यान्डका लागि ४७ औं मिनेटमा तेस्रो गोल गरे ८५ औं मिनेटमा फेरि इंग्ल्यान्डका लागि मार्कस र्यासफोर्डले चौथो गोल गर्न सफल भएका थिए ।

