Madhes Khabar
खेलकुद

पर्सा क्रिकेट संघको साधारण सभामा क्रिकेटकाे विकासमा याेगदान दिएकाहरु सम्मानित 

वीरगन्ज,२८भदाैं:पर्सा क्रिकेट संघको वार्षिक साधारण सभा शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ।संघका अध्यक्ष मनिष सिंहकाे अध्यक्षता तथा मधेस प्रदेश क्रिकेट संघका सचिव सुवास जयसवालकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधरण सभामा पर्सामा क्रिकेट खेलकाे वृद्धि विकासमा याेगदान पुर्याएका विभिन्न व्याक्तित्वहरुलाई सम्मानित गरियाे ।
साधरण सभामा राष्ट्रिय क्रिकेट विकास समितिमा मनोनित पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,राष्ट्रिय छनाैट समितका सदस्य मुर्तुजा हवारी र नेपालको क्रिकेट प्रतियोगिता समितिकाे सदस्यमा मनाृनित दाउद अन्सारीलाई सम्मानित गरिएकाे हाे।यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक डेब्यु गरेका खेलाडी रञ्जित कुमारलाईपनि सम्मानित गरिएको संघका अध्यक्ष सिंहले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि जयसवालले पर्सा क्रिकेट संघले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै संघलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।पर्सा क्रिकेट संघका प्रशिक्षक उमेश उपाध्यायले क्रिकेटको प्रवद्र्धन गर्नु आवश्यक रहेको र यस दिशामा क्रिकेट संघ नेपाल सही मार्गमा अघि बढिरहेको बताए।
साधरण सभाकाे दाेस्राे सत्रमा डाक्टर बासुदेवलाल कर्णले प्राविधिक प्रतिवेदन र बाबुजान अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाेमा दुवै  प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरिएकाे थियाे।
समापन मन्तव्यका क्रममा संघका अध्यक्ष सिंहले आगामी योजना प्रस्तुत गर्दै क्रिकेट खेलकाे विकासमा अनेक चुनौतीहरु रहेपनि पर्सा क्रिकेटलाई अझ माथि उकास्न सबैको साथ र सहकार्य आवश्यक रहेकाे बताए ।
यसका लागि  प्रदेशस्तरीय संवाद र खेलकुद मन्त्रीसंग समन्वय भइरहेको जानकारी दिँदै उनले प्रदेशमा खेलकुद सम्बन्धी विधेयक पारित भएकोमा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमाेद जयसवाललाई बधाई समेत दिए। उक्त विधेयकले मधेस प्रदेशको खेलकुदको भविष्यलाई उज्जवल बनाउने विश्वास लिएको उनले बताए ।

Related posts

यु–१९ विश्वकप क्रिकेट : न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

MadhesKhabar

विश्वकप क्रिकेटमा न्युजिल्यान्डकाे सानदार विजयी सुरुवात

MadhesKhabar

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

MadhesKhabar

Leave a Comment