Madhes Khabar
खेलकुद

यु–१९ विश्वकप क्रिकेट : न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौं,७माघ : दक्षिण अफ्रिकामा चलिरहेको यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आइतबार जारी खेलमा नेपाललाई न्युजील्यान्डले ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्नेहिथ रेड्डीको सतकमा न्युजिल्यान्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३०२ रन बनाएको हो ।

रेड्डी १४७ रनमा अविजित रहे। १२५ बल खेलेका उनले ११ चौका र ६ चौका प्रहार गरे। त्यसअघि टम जोनेश ३३ रन, लुके वाट्सन १४ रन, ओस्कार ज्याक्सन ७५ रन, एलेक्स १३ र म्याट २ रन बनाएर पेभेलियन फर्किएका थिए। ओलिभर, लचलन र ज्याक शून्य रनमै आउट भएका थिए।

नेपालका लागि सुवास भण्डारीले ३ र गुल्शन झाले २ विकेट लिए। त्यस्तै दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए। न्युजील्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

Related posts

वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात

MadhesKhabar

लगातार ३ खेलमा हारले निराश जनकपुर बाेल्ट्सका कप्तान अनिल साह के भन्छन् ?…

MadhesKhabar

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment