Madhes Khabar
खेलकुद

टी-२० विश्वकपमा भारतसंग खेल्न तयार भयाे पाकिस्तान

काठमाडौं,२७माघ: पाकिस्तान अन्ततः टी-२० विश्वकप २०२६ मा भारतविरुद्धको खेल खेल्न तयार भएको छ । सोमबार राति पाकिस्तानी सरकारी टेलिभिजनले एक्सको माध्यमबाट यसको पुष्टि पनि गरेको छ ।

पाकिस्तानी सरकारी टेलिभिजनले एक्समा लेखेको छ, ‘फेब्रुअरी १५ मा भारतविरुद्ध हुने भनिएको खेल खेल्न पाकिस्तान तयार भएको छ । बंगलादेश र श्रीलंकाले यसका लागि अनुरोध गरेको थियो भने भारतले पाकिस्तानको केही सर्त मान्न तयार भएको छ ।’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तान र बंगलादेशको क्रिकेट बोर्डका प्रतिनिधिसँग वार्ता गरेपछि यो घटनाक्रमको विकास भएको हो । पाकिस्तानको तर्फबाट कुराकानीमा बोर्डका अध्यक्ष मोहसिन नक्वी सहभागी भएका थिए । पाकिस्तानको डन पक्रिकाका अनुसार यसअघि श्रीलंकाली राष्ट्रपति अनुरा कुमाराले पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग कुराकानी गर्दै त्यस खेलमा सहभागी हुन औपचारिक रूपमै अनुरोध गरेका थिए ।

त्यस अगाडि बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय भएपछि त्यसकै विरोधमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । यसबीच बंगलादेश क्रिकेट बोर्डले पनि अप्ठ्यारो समयमा पाकिस्तानले समर्थन गरेकोमा धन्यवाद भनेको छ ।

Related posts

वीरगन्ज गाेल्डकप फुटबलमा आज आर्मी र झापा भिड्दै

MadhesKhabar

बहराइनसंग हारेपछि नेपाल एशियन कपमा छनोट हुन असफल

MadhesKhabar

माछापुच्छ्रे बैंकले जित्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि

MadhesKhabar

Leave a Comment