वीरगन्ज,१८कार्तिक:भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हराएको छ ।
शनिबार भएकाे खेलमा पहिले व्याटिङ गरेमाे न्युजिल्याण्डले ४ सय २ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले २५ ओभर ३ बलमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा फेरि पानी परेपछि खेल फेरि रोकियो । पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानलाई २१ रनले विजयी घाेषित गरियाे ।
पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे ।
त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएकाे थियो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र केन विलियम्सनले ९५ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए ।
जारी विश्वकपमा आठ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ८ अङ्क रहेको पाकिस्तान रन रेटका आधारमा पाँचाैँ स्थानमा छ ।
सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

