Madhes Khabar
खेलकुद

भारतलाई हराउँदै पाकिस्तान बन्याे च्याम्पियन

वीरगन्ज ,७साउन: एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधी पाकिस्तान ‘ए’ ले जितेकाे छ ।

आइतबार राति भएकाे फाइनल खेलमा भारत ‘ए’ लाई १२८ रनकाे फराकिलाे अन्तरले पाखा लगाँउदै पाकिस्तानले उपाधी जितेकाे हाे ।

पाकिस्तानले दिएकाे ३ सय ३ सय ५३ रनकाे विशाल लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको भारत ४० ओभरमा २२४ रनमै अलआउट भएपछि खेल जित्दै पाकिस्तान च्याम्पियन बनेकाे हाे ।

श्रीलंकाकाे काेलम्बाेमा टस हारेर पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएकाे थियाे। पाकिस्तानका तय्यब ताहिरले सानदार शतक बनाए । उनी ७१ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै शाहिबजादा फरहानले ६५ र सईम अयुबले ५९ रन बनाए । बलिङतर्फ भारतका आरएस हङ्गरगेकार र रियान परागले २/२ विकेट लिएका थिए ।

समूह चरणमा भने पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो ।

Related posts

बंगलादेशसंग भारत पराजित

MadhesKhabar

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

पाकिस्तानलाई हराउँदै भारत नवौं पटक बन्याे एसिया कप च्याम्पियन

MadhesKhabar

Leave a Comment