Madhes Khabar
खेलकुद

नेदरल्याण्डसंग नेपाल पराजित

काठमाडौं,१६फाल्गुनःत्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको नेपाल नेदरल्यान्डसंग २ रनले पराजित भएको हो ।

१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाएपछि खेल नेदरल्यान्डले जित्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ५०, आशिफ शेखले ३४, कुशल मल्लले ११ र करण केसीले ११ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए। त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे।

 

 

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

MadhesKhabar

वीरगन्जमा निर्माणाधीन कभर्ड हलकाे फलामे डन्डी चाेरी

MadhesKhabar

Leave a Comment