Madhes Khabar
खेलकुद

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपाल पहिलो खेलमै पराजित

काठमाडौं,३०साउनः नेपाल अष्ट्रेलियाको नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ। टप एण्ड टी–२० सिरिजअन्तर्गत अष्ट्रेलियामा शुक्रबार भएको खेलमा नेपाल ४२ रनले पराजित भएको हो।

एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमात्रै बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। ओपनर आशिफ शेखले ११ रन र गुल्शन झाले २६ रन भने कप्तान रोहित पौडेलले २३ रन जोडे ।दिपेन्द्र सिंह ऐरी १९ रन बनाए ।

एनटी स्ट्राइकको लागि म्याट ह्यामोन्डले नेपालको ३ विकेट लिए। केन रिचारसन र टम एन्ड्रिजले समान २–२विकेट लिँदा हामिस मार्टिनले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको एनटी स्ट्राइकले १७७ रन बनाएको थियो । नेपालका लागि बलिङमा सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट लिए।

नेपालले सिरिजको दोस्रो खेल बंगलादेश ‘ए’ सँग शनिबार खेल्नेछ। जारी प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

 

Related posts

मुम्बई फेरि स्तब्ध, राजस्थानकाे लगातार तेस्राे जीत

MadhesKhabar

अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलमा आयोजक सिमराको बिजयी सुरुवात

MadhesKhabar

युएईसँगकाे खेलमा देव खनालकाे सानदार शतक

MadhesKhabar

Leave a Comment