Madhes Khabar
खेलकुद

युएईसँगकाे खेलमा देव खनालकाे सानदार शतक

काठमाडाैं,७कार्तिक: एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबिचकाे खृल जारी छ । मलेसियाको बायोमासमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाएका हुन् । यसअघि नेपालका अजुर्न कुमाल ५५ र दीपक बोहाेरा ५ रनमा आउट भए । आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । यो समाचार तयार पार्दासम्म नेपालले ३६ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । देव खनाल शतक बनाएलगत्तै आउट भएका छन् ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुगेसँगै नेपाल र यूएईले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो । यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

Related posts

अपराजित नेपालले आज सामोआसंग खेल्दै

MadhesKhabar

अनिल र आसिफको अर्धशतकमा नेपालले हरायो वेस्ट इन्डिज ए लाई

MadhesKhabar

भारतका रोहित शर्माले बनाए विश्व कीर्तिमान

MadhesKhabar

Leave a Comment