Madhes Khabar
खेलकुद

नेशनल मेडिकल कलेजको बार्षिकोत्सवमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु

वीरगन्ज,८फागुनःवीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहीबारदेखि सप्ताहव्यापी खेलकुद प्रतियोगितटा सुरु भएको छ । मेडिकल कलेजको बार्षिक उत्सवका अवसरमा बिहीबारदेखि सुरु सप्ताव्यापी खेलकुद प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ ।

बिहीबार सप्ताहव्यापी खेलकुद कार्यक्रमको सुभारम्भ गर्दै मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास गर्ने बताए । मेडिकल कलेजका सहायक प्रिन्सिपल डा. रविशंकर गुप्ताले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूक र अनुशासन सिकाउने उदेश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए।

सप्ताहव्यापी खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ। उक्त प्रतियोगितामा मेडिकल कलेजकै एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरुले भाग लिएका छन् ।

मेडिकल कलेजका प्रिन्सिपल डा. केऐन सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्राध्यापक डा. एके कौशी, डेन्टलका भाइस प्रिन्सिपल प्राध्यापक डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गंगा गुरुङ, नर्सिङका भाइस प्रिन्सिपल प्राध्यापक डा. बबिता सिंह लगायतकोपनि उपस्थिति थियो।

फागुन १५ गते हुने समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिए।

Related posts

राजस्थान रोयल्स आइपिएलको फाइनलमा

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकप फुटबल फागुन १७ देखि

MadhesKhabar

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

MadhesKhabar

Leave a Comment