Madhes Khabar
खेलकुद

काेहलीकाे किर्तिमानी शतक र जडेजाकाे घातक बलिङमा भारतसंग दक्षिण अफ्रिकाको लज्जास्पद हार

वीरगन्ज,१९कार्तिक: भारतले आइसिसी विश्वकप २०२३ मा बलियाे मानिएकाे दक्षिण अफ्रिकालाई २४३ रनकाे फराकिलाे अन्तरले हराएकाे छ।

आइतबार भएकाे खेलमा जारी विश्वकपमा ६ खेल जितेर अंक तालिकाकाे दाेश्राे स्थानमा रहेकाे दक्षिण अफ्रिकाले पहिलाे स्थानमा रहेकाे भारतसंग लज्जास्पद हार व्यहाेरेकाे हाे।

३२७ रनकाे लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७.१ ओभरमै अलआउट हुदैं ८३ रनमै समेटिएपछि भारतले २४३ रनकाे फराकिलो जीत हात पारेकाे हाे ।जारी विश्वकपमा भारतकाे याे लगातार आठाैं जीतपनि हाे ।अहिलेसम्म खेलेका आठ वटै खेलमा जीत हात पार्दै भारत अंक तालिकाकाे शीर्ष स्थानमै कायम छ।

दक्षिण अफ्रिकाकाे व्याटिङ धराशायी बनाउने क्रममा भारतका रविन्द्र जडेजा एक्लैले पाँच विकेट लिए।महम्मद शामी र कुलदीप यादवले समान दुई दुई विकेट लिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनाएकाे थियाे ।

भारतका विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । योसँगै कोहलीले ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले शतक हानेका हुन् ।

ओडिआईमा सर्वाधिक शतक सचिन तेन्दुलकरले प्रहार गरेका छन् । सचिनले ४ सय ६३ खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाए ।

सचिन र कोहलीपछि ओडिआईमा भारतका रोहित शर्माले ३१, अष्ट्रेलियाका रिंकी पोन्टिङले ३०, श्रीलंकाका सनाथ जयसूर्याले २८ र दक्षिण अफ्रिकाका हासिम अमलाले २७ शतक प्रहार गरेका छन । एवि डिभिलियर्स, क्रिस गेल र कुमार संगाकाराले समान २५ शतक प्रहार गरेका छन् ।

भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।

शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए ।

रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १-१ विकेट लिए ।

Related posts

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

MadhesKhabar

यू–१९ महिला टी–२० विश्वकपबाट बाहिरियो नेपाल,अष्ट्रेलियासंग ८३ रनले पराजित

MadhesKhabar

श्रीलंका माथि नेपालको सान्दार जित

MadhesKhabar

Leave a Comment