Madhes Khabar
खेलकुद

मधेसले जित्याे छात्र क्रिकेटको उपाधि

काठमाडौं,३०जेठ: यु-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत छात्र क्रिकेटको उपाधि मधेस प्रदेशले जितेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो। लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेसले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। मधेसका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोडे। बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रनमात्र बनाएको थियो।

लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन जोडे। मधेसका लागि कृष्ण महतोले ३, खिलराज सर्राफ र कप्तान कमलेश दासले समान २ तथा मोहम्मद ओजैफ अलीले १ विकेट लिएका थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए। राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो। विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबल टेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो।साभार:नागरिक

Related posts

भारतले जित्याे टी-२० विश्वकपकाे उपाधि

MadhesKhabar

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

MadhesKhabar

आदिल आलमको सानदार कमब्याक, वेस्ट इन्डिजविरुद्धको म्याचमा नसोचेको प्रदर्शन

MadhesKhabar

Leave a Comment