काठमाडौं,३०चैतःएसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ मा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालका लागि ओपनर आसिफ शेखले ३५ बलमा ४ चौकाको सहयोगमा ३२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २४ बलमा १ छक्काको सहयोगमा २८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । मलेसियाका लागि कप्तान विरनदिप सिंहले तीन विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।मलेसियाका लागि कप्तान तथा ओपनर विरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय ईनिङ खेले । सर्बिन मुनियान्डिले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनास बोहोराले एक विकेट लिए ।
प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।
प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ ।
हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी(२० फर्म्याटमा हुनेछ ।

