Madhes Khabar
खेलकुद

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिप

काठमाडौं,१२भदौंःनेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको हो ।

पहिलो हाफको इजुरी टाइममा डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरेर बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५५ औं मिनेटमा मिराजुलले नै दोस्रो गोल गरे भने ७१ औं मिनेटमा रवि हुसेनले गोल गर्दै बंगलादेशलाई ३–० को अग्रता दिलाए।

नेपालका लागि सान्त्वना गोल समिर तामाङले ८१ औं मिनेटमा गरे । तर ९६ औं मिनेटमा बंगलादेशले नै फेरि अर्को गोल गर्दै ४–१ को नतिजामा जीत सुनिश्चित ग¥यो ।

Related posts

भाेलि युएईलाई हराए नेपाल टि-२० विश्वकपमा छनाैट हुने

MadhesKhabar

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

MadhesKhabar

Leave a Comment