Madhes Khabar
खेलकुद

भाेलि युएईलाई हराए नेपाल टि-२० विश्वकपमा छनाैट हुने

फाइल फाेटाे ।

काठमाडौं,१६कार्तिक:आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो।

युएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो। अब नेपाल र युएईबीच भोलि शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ।

भाेलिकाे खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्ने अवसर छ।

मध्यक्रमको ब्याटिङ नचल्दा नेपाल उपविजेतामै सीमित

लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो।

नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

Related posts

एसिया कपको सुपर चारमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

बीएसएल : कालिकामाईमाथि साउथ जोन स्टार्सको फराकिलो जित

MadhesKhabar

भारत–पाकिस्तानबीचको आक्रमणका कारण आईपीएलका बाँकी खेलहरु स्थगित

MadhesKhabar

Leave a Comment