काठमाडौं,२५असार:अमेरिकामा जारी कोपा अमेरिका २०२४ को पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र क्यानडाबीच प्रतिस्पर्धा हुदैंछ ।
यी दुईबीचकाे खेल नेपाली समयअनुसार बुधबार बिहान ६ः४५ बजे न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।
साविक विजेता र २०२२ को विश्वकप विजेता अर्जेन्टिना फिफा वरीयतामा नम्बर १ टोली हो । क्यानडा ४८औं वरियतामा छ ।
कोपा अमेरिका २०२४ को पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको थियो ।
अर्जेन्टिना र क्यानडा दुवैले क्वाटरफाइनलमा पेनाल्टी सुट आउटमा पुगेर खेले जितेका थिए । अर्जेन्टिनाले इक्वेडर तथा क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुट आउटमा पराजित गरेका थिए ।
अर्जेन्टिना र क्यानडाबीचको विजेताले जुलाई १४ मा हुने फाइनलमा उरुग्वे वा कोलम्बियामध्ये एकसँग उपाधिका लागि खेल्नेछ ।

