Madhes Khabar
खेलकुद

भारतकी देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त

काठमाण्डाै,२१साउन: भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तयारीमा रहेको महिला क्रिकेट टाेलीकाे सल्लाहकार प्रशिक्षकमा देविकालाई नियुक्त गरेको हाे ।

भारत र बङ्लादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा आइतबार नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गएकाे सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्लादेशको सहायक प्रशिक्षक बनेकी थिइन् । मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जससमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (यूएई) र कतार रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

Related posts

आईपीएलकाे उपाधिका लागि आज काेलकाता र हैदराबाद भिड्दै

MadhesKhabar

नेइमार सहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

MadhesKhabar

अस्ट्रेलियासंगको चौथो टेस्टको पहिलो पारीमा भारतको उत्कृष्ट पुनरागमन

MadhesKhabar

Leave a Comment