वीरगन्ज, ९ वैशाख :रुवान्डामा भइरहेको आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको रुवान्डालाई २ विकेटले पराजित गरेको हो ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि सम्झना खड्काले सान्दार प्रदर्शन गर्दै ४२ बलमा ४८ रन बनाइन् । उपकप्तान पुजा महतोले २० बलमा १३ रन बनाइन् ।
यसअघि टस जितेर पहिले व्याटिंग गरेको रुवान्डाले १९.४ ओभरमा अलआउट हुदैं ८८ रनमात्रै बनाउन सकेको थियो ।बलिंगतर्फ नेपालकी रचना चौधरी एक्लैले ३ विकेट लिइन् ।कविता कुवँर र पूजा महत्तोले समान दुई दुई विकेट लिए ।
पहिलो खेलामा अमेरिकासंग ४४ रनले हारेको नेपालले दोस्रो खेलमा भने इटालीलाई ५० रनले हराएकने थियो । नेपालले अब शुक्रबार भनुआटुसंग र आइतबार अमेरिकासंग खेल्नेछ ।

