वीरगन्ज,०७कार्तिक : मलेसियामा जारी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि मंगलबार जारी फाइनल खेलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।
क्ण्वालालाम्पुरस्थित बायोमास ओभल स्टेडिडयममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो ।जसमा कप्तान देव खनालले शतकीय पारी खेलेका हुन् ।
नेपालको सुरुआत भने खराब थियो । सुरुको १४ रनमै २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।उनले ९० बलमा शतक रन पूरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए ।
उत्तमले पनि अर्धशतकपूपुरा गरे । पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।यूएईका हरित शेट्टीले पाँच विकेट लिए ।

