Madhes Khabar
खेलकुद

क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

काठमाडौं,१४ असाेज : क्यानडामा जारी त्रिकोणात्मक टि-२० सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आइतबारराति भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।

जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोएविब खानले ३९ बलमा सर्वाधिक ४५ रन र १२ बलमा रफिउल्लाले ३३ रनको योगदान गरे भने फयाज बुट्टले १७ रन जोडे। प्रतिक अथाभालेले १५, खालिद कैलले ११ रन जोडे।

नेपालका लागि करण केसीले ३ विकेट, कुशल भुर्तेलले २ विकेट र सन्दीप लामिछाने, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रन बनाए। उनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान गरे।

त्यसैगरी कुशल मल्लले ३० रन, आसिफ शेख र अनिल शाहले २७/२७ रन, कुशल भुर्तेलले २० रन र ऐरीले १८ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमा आउट भएका थिए।

ओमानका लागि अकिब इलियासले सर्वाधिक तीन विकेट, सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले १/१ विकेट लिए।

नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग र चौथो खेलमा बुधबार पुन: ओमानको सामना गर्नेछ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेस प्रदेश स्तरीय फुटबलकाे फाइनलमा राैतहट र बारा भिड्ने

MadhesKhabar

टी–२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सन्ठी माविले जित्याे

MadhesKhabar

Leave a Comment