Madhes Khabar
खेलकुद

वीरगन्ज युनाईटेड क्लब फाईनलमा

वीरगन्ज,१ चैत :वीरगन्ज युनाइटेड क्लब , वीरगन्ज २१ परवानीपुरमा जारी कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।

परवानीपुर स्थित खेलमैदानमा बुधबार भएकाे पहिलो सेमिफाईनल खेलमा आयाेजक परवानीपुर युथ क्लबलाई ३-१ गाेल अन्तरले पाखा लगाउदै वीरगन्ज युनाइटेड क्लबले फाइनलकाे यात्रा तय गरेकाे हाे ।

बुधबार भएकाे खेलको म्यान अफ दि म्याच परवानीपुर युथ क्लबका मुन्ना चौधरी घाेषित भए । उनलाई आयोजक क्लबका पदाधिकारी र सदस्यहरुले नगद ५ हजार र ट्रफि प्रदान गरे ।

दोस्रो सेमिफाईनल खेल बिहीबार गोरखा फुटबल क्लब सर्लाही र जनकपुर स्पोर्ट क्लब जनकपुर बिच हुने आयाेजक क्लबका उपाध्यक्ष रवि रामले बताए ।

प्रतियोगितामा मधेस प्रदेशका ६ र बागमती प्रदेशका २ गरी ८ वटा टिमको सहभागीता छ ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

Related posts

ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने

MadhesKhabar

विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment