Madhes Khabar
खेलकुद

नेपालले भुटानलाई ६-१ गोलले हरायो

काठमाडौं,२७असार: नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशकाे ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा शुक्रबार भएको भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६२ र ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।‌

 

नेपालले भुटानलाई पहिलो हाफमा ३ गोल प्रहार गर्‍यो। दोस्रो हाफमा भुटानले १ गोल फर्काउँदा नेपालले ३ गोल गर्‍यो। नेपालका लागि खेलको नवौं मिनेटमा सेनु परियारले गोल गरिन्। १५औं मिनेटमा सेनु परियारले पूर्णिमा राईलाई दिएको पासमा भएको गोल अफ साइड भयो।

 

खेलको १८ औँ मिनेटमा वर्षा ओलीले दायाँ बाट गरेको क्रसमा पुर्णिमा राईले दोस्रो बारमा गोल गर्दै नेपाललाई २-०को अग्रता दिलाइन्।‌ नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्स भित्रबाट गोल गरिन्।

 

खेलको ५४औँ मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरिन्। ६३औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।

नेपालको लागि आजको खेलमा पहिलो रोजाइमा पर्दै अमिषा राईले पहिलो रोजाइमा पर्दै उमेर समूहमा डेब्यु गरिन्। मिना देउबाले खेलको ८२औँ मिनेटमा सेना परिवारलाई खेलको ८४औं मिनेटमा पूर्णिमा राईले ह्याट्रिक पुरा गरिन्।

‌८८औँ मिनेटमा मिनेटमा व्यक्तिगत चौथो र नेपालका लागि छैटौं गोल गरिन्। नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ।

Related posts

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

MadhesKhabar

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जित्याे

MadhesKhabar

भारतकाे युपीमाथि नेपाल आर्मीकाे सहज जीत

MadhesKhabar

Leave a Comment