Madhes Khabar
खेलकुद

भारतकाे युपीमाथि नेपाल आर्मीकाे सहज जीत

वीरगन्ज,०९पुष: वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएकाे दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको युपी–११ लाई ६५ रनले पराजित गरेको छ ।

नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएकाे खेलमा १३३ रनकाे लक्ष्यकासाथ जवाफी व्याटिङमा उत्रिएकाे युपी १४.३ ओभरमा ६७ रनमात्र बनाउँदै अलआउट भएपछि आर्मीले सहज जीत हात पारेकाे हाे।

युपीका लागि अल्तमास आलमले सर्वाधिक १६ रन बनाए ।उसका अन्य ब्याटरले उल्लेख्य सङ्ख्यामा रन बनाउन सकेनन् ।बलिङतर्फ आर्मीका पवन कार्की र साहब आलमले तीन–तीन तथा बसिर अहमद र सोमपाल कामीले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे आर्मीले १९.५ ओभरमा अलआउट हुदैं १३२ रनकाे याेगफल तयार पारेकाे थियाे।आर्मीका लागि ओपनर व्याटर सन्तोष कार्कीले सर्वाधिक ४४ रनको योगदान गरे । उनले ३२ बलमा तीन छक्का र चार चौका हिर्काए । भीम सार्कीले पनि २३ रनको योगदान गरे । साहब आलमले २२ र बसिर अहमदले १४ रन जोडे।बलिङतर्फ युपीका वासी अन्सारी एक्लैले तीन विकेट लिए ।

Related posts

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

MadhesKhabar

लखनउलाई हराउँदै काेलकाता आईपीएलकाे शीर्ष स्थानमा

MadhesKhabar

Leave a Comment