Madhes Khabar
खेलकुद

लखनउलाई हराउँदै काेलकाता आईपीएलकाे शीर्ष स्थानमा

फाइल तस्बिर ।

वीरगन्ज,२४बैशाख:कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति भएकाे खेलमा लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले हराउँदै काेलकाता शीर्षस्थानमा उक्लिएकाे हाे।जितसंगै कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ।

२ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमै अल आउट हुँदै १ सय ३७ रनमा समेटियो।मार्कस स्टोइन्सले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाए। आयुष बदोनीले १५ रनमा, निकोलश पुरनले १० रनमा र एस्टोन टर्नरले१६ रन बनाए ।

कोलकाताका हर्षित राणा र वरूण चक्रवर्तीले समान ३, आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारिनले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। सुनिल नारिनले सर्वाधिक ८१ रन बनाए। उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे।

फिल सल्टले १४ बलमा ५ चौका र १ छक्कासहित ३२ रन जोडे। अंकुश रघुवंशीले ३२ , रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ ,आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे।

लखनउका नवीन उल हकले ३ , यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १/१ विकेट लिए। आइपिएलमा सोमबार मुम्बई इन्डियन्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुदैछ।

Related posts

टाइब्रेकरमा पाेर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युराेकपकाे सेमिफाइनलमा

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे लगातार दाेस्राे जीत

MadhesKhabar

विश्वकप फुटबल : विश्वविजेता फ्रान्स ट्युनिसियासंग पराजित

MadhesKhabar

Leave a Comment