Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : विश्वविजेता फ्रान्स ट्युनिसियासंग पराजित

वीरगन्ज ,१४ मंसिर :ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेको छ । तर फ्रान्सलाई १–० गोलले पराजित गरेपनि विश्वकप फुटबलबाट भने ट्युनिसिया बाहिरिएको छ ।

एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सविरुद्ध ट्युनिसियाले रोमाञ्चक जित निकाल्यो । खेलको आठौँ मिनेटमा ट्युनिसियाले गोल गरेको थियो । तर अफसाइड गोल भएको संकेत रेफ्रिले देखाएपछि फ्रान्सविरुद्ध ट्युनिसियाले अग्रता बनाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ट्युनिसियाले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५८औँ मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियालाई १–० गोलको अग्रता दिलाए ।

खेलको अन्तिम समयमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले अफसाइड देखाएपछि फ्रान्स हारबाट जोगिन सकेन ।

समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्स पराजित भएपनि समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले तीन खेलबाट ६ अंक बनायो । यता, ट्युनिसियाले तीन खेलबाट चार अंक बनायो । यो समूहबाट अस्ट्रेलिया उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा ट्युनिसिया र डेनमार्क भने बाहिरिएका छन् ।

Related posts

वीरगन्ज युनाईटेड क्लब सिमरा गाेल्डकपकाे क्वाटरफाइनलमा

MadhesKhabar

बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको एनआइ कलेजले गर्‍यो प्रायोजन

MadhesKhabar

नारायणी रंगशाला पुनःनिर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment