Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : विश्वविजेता फ्रान्स ट्युनिसियासंग पराजित

वीरगन्ज ,१४ मंसिर :ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेको छ । तर फ्रान्सलाई १–० गोलले पराजित गरेपनि विश्वकप फुटबलबाट भने ट्युनिसिया बाहिरिएको छ ।

एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सविरुद्ध ट्युनिसियाले रोमाञ्चक जित निकाल्यो । खेलको आठौँ मिनेटमा ट्युनिसियाले गोल गरेको थियो । तर अफसाइड गोल भएको संकेत रेफ्रिले देखाएपछि फ्रान्सविरुद्ध ट्युनिसियाले अग्रता बनाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ट्युनिसियाले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५८औँ मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियालाई १–० गोलको अग्रता दिलाए ।

खेलको अन्तिम समयमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले अफसाइड देखाएपछि फ्रान्स हारबाट जोगिन सकेन ।

समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्स पराजित भएपनि समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले तीन खेलबाट ६ अंक बनायो । यता, ट्युनिसियाले तीन खेलबाट चार अंक बनायो । यो समूहबाट अस्ट्रेलिया उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा ट्युनिसिया र डेनमार्क भने बाहिरिएका छन् ।

Related posts

जय ट्रफी एलिट कपमा पहिलो शतक हान्ने खेलाडी बने मधेसका मयन यादव

MadhesKhabar

विश्वकप क्वालिफायर खेल्ने नेपाली टाेली घाेषणा , वीरगन्जका आरिफ र आसिफ पनि परे टिममा

MadhesKhabar

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

MadhesKhabar

Leave a Comment