Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेसले प्रदेश १ लाई ७२ रनको फराकिलो अन्तरले हराएको हो ।

जितका लागि २१५ रनको लक्ष्य पछ्याएको प्रदेश १ १४२ रनमा अल आउट भयो । मधेस प्रदेशका बलरसामु निरीह देखिएको प्रदेश १ ४३.१ ओभर मात्र क्रिजमा टिक्यो ।

प्रदेश १ का लव कामतले २९ तथा विवेक आनन्द मेहताले २५ रन बनाए । फिर्दोष अन्सारी २२ रनमा रनआउट भए । यसअघिको खेलमा शतक बनाएका अंकित सुवेदीले खाता नै खोल्न सकेनन् ।मधेसप्रदेशका मोहमद आदिल, रुपेश सिंह, प्रदीप पासवान विशाल शुसलिङ समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेस प्रदेश ४८.१ ओभरमा २१४ रनमा अलआउट भएको थियो ।मधेसका अनिल साहले ६१ रन बनाए । उनी म्यान अफ द म्याच पनि भए । यसअघि नेपाल पुलिस क्लबबाट खेल्दै आएका साहले यसपटक घरेलु टोलीबाट खेलेका हुन् । उनी पुलिस क्लब छाडेर प्रदेशको छनोट खेल्न गएका थिए ।

विवेक यादवले ३२ र रुपेश सिंहले ३० रन बनाए । यस्तै रोहन विकेले २८ रनको योगदान गरे ।प्रदेश १ का फिर्दोश अन्सारीले ५ तथा कप्तान सिद्धान्त लोहनीले ३ विकेट लिए । अन्सारीले ९.१ ओभरमा १ मेडन राख्दै ५ विकेट लिएको भए पनि टिमलाई जिताउन सकेनन् ।

यो समूहबाट आफूले खेलेका सबै ३ खेल जितेर पुलिस सेमिफाइनलमा पुगिसकेको छ ।१ खेल खेलेको मधेस, २ खेल खेलेको लुम्बिनी तथा ३ खेल खेलेको प्रदेश १ को समान २ अंक छ । बागमती प्रदेश भने आफूले खेलेका सबै ३ खेलमा पराजित भएको छ । साभार : अनलाइनखबर

Related posts

अफगानिस्तानविरुद्धको टी –२० सिरिज: भारतीय टिममा फर्किए विराट र राेहित

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

वीरगन्ज-१० मा आयाेजित क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जित्याे

MadhesKhabar

Leave a Comment