Madhes Khabar
खेलकुद

अफगानिस्तानविरुद्धको टी –२० सिरिज: भारतीय टिममा फर्किए विराट र राेहित

काठमाडौं,२२पुष:अफगानिस्तानविरुद्धको टी –२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। जनवरी ११ देखि हुने तीन खेलको टी –२० सिरिजका लागि भारतीय टिममा कप्तान रोहित शर्मा र विराट कोहलीले कमब्याक गरेका छन्।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी–२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी –२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो।

अफगानिस्तानविरुद्धको टी –२० सिरिजको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। यस सिरिजमा सूर्यकुमार यादव र हार्दिक पाण्डेय खेल्ने छैनन्। दुवै इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

भारतीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन्।

भारतले अफगानिस्तानविरुद्ध जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो टि-२० खेल खेल्ने छ।

Related posts

आइपिएल उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै

MadhesKhabar

न्युजिल्यान्डलाई २१ रनले हराएकाे पाकिस्तानकाेे सेमिफाइनल पुग्ने सम्भावना कायमै

MadhesKhabar

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

MadhesKhabar

Leave a Comment