Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

वीरगञ्ज, १० आसार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गर्दै  सङ्घका अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने आशा प्रकट गर्नुभयो । स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढङ्गबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरिएको हो । 

उक्त स्वास्थ्य उपकरणहरु वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो । कार्यक्रममा डा. निरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपालका कृष्णलाल कर्ण, वीरगञ्ज नेपालका बिजनेस कन्सल्टेन्सी सुनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Related posts

नेपालको किर्तिमानी जीत, माल्दिभ्स १३ रनमै अलआउट

MadhesKhabar

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

वीरगन्जको फेमस ‘बब्लु टी स्टल’ : जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

MadhesKhabar

Leave a Comment