Madhes Khabar
मधेस प्रदेश

प्रदेशको ब्रान्ड ‘रुख’ घोषणा गर्दै मधेस सरकार

ढल्केबर,३१जेठःमधेस प्रदेश सरकारले प्रदेशको ‘ब्रान्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ। यसका लागि गठित कार्यदलले पीपल, वर र नीम रुखको सिफारिस गर्दै प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ।

व्न मन्त्रालयले करिब एक महिनाअघि प्रदेशको ब्रान्ड रुख छनोट गर्न वन अधिकृत सुरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले आवश्यक अध्ययन, अनुसन्धान, सरोकारवालासँगको छलफल र सुझाव संकलन गरी प्रतिवेदन तयार पारेको हो।

संयोजक शर्माका अनुसार प्रदेशमा पाइने पीपल, वर, नीम, साल, इमली, सतिसाल, हर्रो, बर्रो, अमला, छतिवन, सिमलसहितका रुखको प्रजाति, धार्मिक–सांस्कृतिक महत्व, वातावरणीय प्रभाव, भौगोलिक अवस्था, आर्थिक पक्ष र संरक्षण अवस्थाका आधारमा अध्ययन गरिएको थियो।

शर्माले भने, “छलफलमा सहभागीहरुको प्राथमिकतामा पीपल पहिलो, वर दोस्रो र नीम तेस्रो स्थानमा प¥यो। त्यसअनुसार प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाएका छौं।” उनका अनुसार कार्यदलले सिफारिस गरेका तीमध्ये कुनै एक रुखलाई प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट ‘प्रदेश ब्रान्ड रुख’को रूपमा घोषणा गरिने छ।

शर्माका अनुसार यस्ता रुखलाई ब्रान्ड घोषणाले जनस्तरसम्म आत्मीयता बढ्छ। संरक्षणमा सरकारी लगानी बढ्छ र वातावरणीय चेतना विस्तार हुन्छ। सङ्घीय संरचनामा गएको नेपालमा प्रदेश सरकारले पहिलो पटक यस्तो प्रकृतिको निर्णय लिन लागेको हो। हालसम्म नेपाल सरकारले कुनै रुखलाई औपचारिक ‘राष्ट्रिय रुख’ घोषणा गरेको छैन।

छिमेकी देश भारतले ‘वर’लाई राष्ट्रिय रुख घोषणा गरेको छ भने अमेरिका, चीन, बङगलादेश, पाकिस्तान, बेलायतलगायत देशले पनि आ–आफ्नो राष्ट्रिय रुख तोकेको शर्मालो बताए। साभारः गोरखापत्र अनलाइन ।

 

Related posts

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

MadhesKhabar

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा पुन रमेश कुर्मी निर्वाचित

MadhesKhabar

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

MadhesKhabar

Leave a Comment