Madhes Khabar
मधेस प्रदेश हेडलाइन

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा पुन रमेश कुर्मी निर्वाचित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर २ को (ख) को प्रदेशसभा सदस्यमा रमेश कुर्मी पुन निर्वाचित भएका छन् ।पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी ९ हजार ४ सय ७१ मतका साथ प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत पाएका छन् । कुर्मी र सिंह बिचको मतान्तर २ हजार ६ सय ३७ रहेको छ । यहा नेकपा एमालेका उम्मेदवार हरेराम पटेलले ३ हजार ७ सय ९० मत र राप्रपा उम्मेदवार प्रमानन्द साहले २ हजार ८ सय ३६ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा सिंह , पर्सा २ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका कुर्मी ९ हजार ७ सय ६ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामरुप कुर्मीले ७ हजार ६ सय ६२ मत पाएका थिए ।

Related posts

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

MadhesKhabar

बारामा ९० वर्षीय बुबाकाे हत्या गर्ने ६० वर्षीय छाेरा पक्राउ

MadhesKhabar

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

Leave a Comment