Madhes Khabar
अर्थतन्‍त्र मधेस प्रदेश

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

वीरगन्ज ,१असार : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ४४ अर्बकाे बजेट ल्याएकाे छ ।

शुक्रबार मधेस प्रदेशसभामा अर्थमन्त्री सञ्जय यादवले ४४ अर्ब ११ करोड ४६ लाख ३२ रुपैयाँको बजेट शुक्रबार प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरिएको छ ।यसैगरी पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत रवित्तिय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड बापत प्राप्त ११ अर्व ३८ करोड १९ लाख र समानीकरण बापत प्राप्त अनुदान ७ अर्व ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्व ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख जुटाइने अनुमान गरिएकाे छ ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षकाे बजेटमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा भने ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

Related posts

मधेस प्रदेश : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

MadhesKhabar

रौतहटमा घाँस काट्न गएका बेला पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

MadhesKhabar

बाढीले बगाएर धनुषामा एककाे मृत्युु ,दुई जना बेपत्ता

MadhesKhabar

Leave a Comment