Madhes Khabar
मधेस प्रदेश

मधेस सरकारले आज `स्वाभिमान दिवस´ मनाउँदै

जनकपुरधाम,३माघ:मधेस प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेस’ र स्थायी राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेस सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गर्दैछ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादवले २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियो ।साभार:अनलाइनखबर

Related posts

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

मधेस: जसपाकाे चित्त बुझाउन जनमतले पाएकाे मन्त्रालय फुटाएर साताैं पटक मन्त्रीपरिषद पुनर्गठन

MadhesKhabar

सर्लाहीमा कबाडी गोदामको खाली जमिनमुनि गाडेर राखिएको ५३ राउण्ड गोली बरामद

MadhesKhabar

Leave a Comment