Madhes Khabar
मधेस प्रदेश

सार्वजनिक शाैचालयकाे सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु

सांकेतिक फोटो ।

जनकपुर,१८चैत:धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।

सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु शनिबार काममा गएका थिए। उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ।

Related posts

बल्ल खुल्याे मधेस सरकारकाे आँखा : वीरगन्जमा पानीकाे संकट समाधानका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय

MadhesKhabar

रौतहटमा बाढीले १ हजार २ सय ४५ घर डुबानमा, तीन जनाको मृत्यु

MadhesKhabar

सर्लाहीमा अज्ञात समुहद्वारा गाेली हानेर शिक्षककाे हत्या

MadhesKhabar

Leave a Comment