Madhes Khabar
मधेस प्रदेश

अहिलेकाे गठबन्धन देशकाे आवश्यकताले बनेकाे हाे : एमाले महासचिव पाेख्रेल

वीरगन्ज,१चैत:नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनबाट बनेकाे अहिलेको सरकारले जनताकाे आकांक्षा पुरा गर्ने दाबी गरेका छन्।

वीरगन्जमा बिहीबार नेकपा एमाले पर्सा जिल्ला कमिटीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै एमाले महासचिव पोखरेलले अहिलेकाे सत्ता गठबन्धन देशको आवश्यकता भएकोपनि बताए ।

विगतको गठबन्धनको सरकारले मुलुकको विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारेर मुलुकको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै पाेखरेलले भने,`तर अहिलेकाे सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभिभारा पुरा गर्न गर्नका लागि प्रतिबद्ध भएर लाग्छ।´

यसभन्दा अघि स्वार्थीहरुको गठबन्धनमा सरकार बनेको हुँदा उसले जनताका पक्षमा काम नगरेकाे आराेपपनि उनले लगाए। देशको स्वाधीनता, स्वाभिमान र राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको बताउँदै उनले एमाले सत्ताको खेलमा लाग्न नचाहदा नचाहदैपनि नयाँ जगमा गठबन्धन सरकार बनाउन बाध्य भएको बताए ।

महासचिव पोखरेलले आगामी निर्वाचनबाट संघका साथै मधेस प्रदेशमा समेत एमालेको बहुमतको सरकार बन्ने दाबी गरे ।

नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका मधेश प्रदेश इन्चार्ज एवं केन्द्रिय सचिव योगेश भट्टराई,पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, चन्देश्वर मण्डल, प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, सांसद राज कुमार गुप्ता लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Related posts

एमालेको अवरोधले जितपुर सिमरा उपमहानगरको नगरसभा स्थगीत

MadhesKhabar

लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

MadhesKhabar

मधेस प्रदेशमा मन्त्री र सांसदकै संलग्नतामा योजना बिक्री हुने गरेको खुलासा

MadhesKhabar

Leave a Comment