Madhes Khabar
मधेस प्रदेश

राैतहटमा चक्कु प्रहारबाट घाइते युवककाे मृत्युु

सांकेतिक तस्बिर ।

वीरगन्ज,२७कार्तिक:राैतहटमा चक्कु प्रहारबाट घाइते भएका एक युवककाे उपचारका क्रममा मृत्युु भएकाे छ।

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका – ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु
भएको हो ।

सामान्य विवादमा तीन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका साहको बाराकाे नाैतनस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उनको आज सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहार गर्नेमध्ये अन्य दुई जनाको खोजी कार्य जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

साथै घटनाबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related posts

मधेसमा विधुत प्राधिकरणको निर्देशन : ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’

MadhesKhabar

बारामा १२ वटा मोटरसाइकल सहित चोरको गिरोह नै पक्राउ

MadhesKhabar

राैतहटकाे बनाना रिसोर्टमा आगलागी, ४० लाख बढीको क्षति

MadhesKhabar

Leave a Comment