Madhes Khabar
मधेस प्रदेश

सवैया साझेदारी वन समिति विरुद्ध युवाहरु आन्दोलित

मधेसखबर

पर्सा,३० जेठ: पर्सामा रहेको सबैया साझेदारि वन ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु बिरुद्ध  पर्सागढि नगरपालिकाका युवाहरुले बिरोध रयाली निकालेर प्रदर्शन गरेका छन् ।

सबैया साझेदारि बन ब्यवस्थापन समिति बिरुद्ध संघर्ष समितीका संयोजक अमृत बस्यालको नेतृत्वमा सोमबार निस्केको रयाली सबैया गाउँ परिक्रमा गरि साझेदारि बन ब्यवस्थापन समितिको कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो  ।

कोणसभालाई सम्बोधन गर्दै संयोजक बस्यालले साझेदारिकाे नाममा तस्करसंग मिलोमतो गरेर काठकाे तस्करी गराउने र साझेदारिकाे नाममा आउने गरेको करोडौं रकम बैज्ञानिक वनको नाममा व्यापक रुपमा भ्रष्टाचार गरेको आरोप लगाए।साझेदारिमा आएको सम्पुर्ण रकमको आम्दानी खर्च सर्बजनिक गर्नु पर्नेमा उनले जोड दिए ।

अर्का वक्ता रामचन्द्र दास थारुले सबैया साझेदारि वन समिति भ्रष्टाचारमा फसेकाे कारण आठ बर्ष देखि पुरानै नेतृत्वले चलाएकाे र नंया नेतृत्वको लागि कुनै पहल नगरेकाे र पहुचको भरमा काठ दाउरा बितरण गर्ने गरेको  बताए। आफुहरु को मागलाई बेवास्ता गरे कडा आन्दोलमा उत्रिने र साझेदारिका कुनै पनि पदाधिकारीलाई कार्यालयमा प्रवेश गर्नै नदिने चेतावनी पनि  उनले दिए ।

 

Related posts

सर्लाहीका कांग्रेस सभापति भ्रष्टचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर

MadhesKhabar

बाराबाट स्वतन्त्र जितेका प्रदेश सांसद कलवार जसपामा प्रवेश

MadhesKhabar

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

MadhesKhabar

Leave a Comment