वीरगन्ज ,२२माघ : बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
बारा २ (१) बाट जितेका कलवारलाई जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादव र मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले पार्टी प्रवेश गराएका हुन् ।
उनी बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए ।
यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालल पनि जसपामा प्रवेश गरिसकेका छन् । यो सँगै जसपाको मधेस प्रदेशमा १९ सांसद पुगेको छ ।

