Madhes Khabar
मधेस प्रदेश

संघीय सरकार संघीयता विरोधी : मुख्यमन्त्री राउत

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२५असार : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन सवालमा संघीय सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

जनकपुरधाममा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ’मधेश मन्थन’ कार्यक्रमको अन्तिम सत्र ’संघीयताको अभ्यास र अनुभव ः मधेश प्रदेशको ५ वर्ष’ मा मुख्यमन्त्री राउतले संघीय सरकार ,प्रदेश सरकारको घोर विपक्षमा उभिएको देखिएको बताएका हुन् ।

त्यस्तै संघीय सरकारले आवश्यक ऐन÷कानुन निर्माणमा नसघाएको पनि उनले बताए । त्यस्तै आवश्यक प्रदेश ऐन बनाउँदा पनि संघ सरकारले सहयोग नगरेको उनको गुनासो थियो । आफूले चाहेर पनि संघीय सरकारले नचाहँदा उपलब्धि हासिल गर्न नसकिएको उनले बताए ।

संघ सरकारको सहयोग भएमा प्रदेशको शान्ति सुरक्षा चुस्त बनाउन सकिने पनि उनले बताए । संघ सरकारले ऐन निर्माणमा सहयोग नगर्दा प्रदेश प्रहरी गठनमा समस्या भएको उनको भनाइ थियो ।

Related posts

मधेसमा विधुत प्राधिकरणको निर्देशन : ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’

MadhesKhabar

सर्लाहीको बसबरीयामा भीषण आगलागी, ६ घर जलेर नष्ट

MadhesKhabar

महोत्तरी– १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

MadhesKhabar

Leave a Comment